दुध विकास संस्थान (डीडीसी) ले म्याद गुज्रिएको बटरबाट बनाएको घिउ बिक्री वितरण गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । डीडीसीले पोखराको सुजल डेरीबाट ल्याएको म्याद सकिएको ९६ हजार तीनसय केजी बटरलाई घिउ बनाएर बेचेकोबारे अख्तियारले छानबिन थालेको हो । म्याद सकिएको बटरलाई बजारमा बिक्री गरेको तथ्य प्रकाशमा आएपछि अख्तियारले डीडीसीबाट आवश्यक फाइलहरु लगेर छानबिन सुरु गरेको हो ।२०७७ असोजमै विभिन्न नियामक निकायले डीडीसीको भण्डारमा रहेको बटरको म्याद सकिएको र त्यसलाई प्रयोगमा नल्