पार्टीका सबै गुट उस्तै भए, राजनीति मेरो उपयुक्त फिल्ड रहेन : गुरुराज घिमिरे

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले पार्टीमा बस्ने अवस्था नरहेको बताएका छन् । सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा पुगेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । ‘राजनीति मेरो लागि उपयुक्त फिल्ड भएन । पार्टीको एउटा गुटले ढोका थुनेको थियो’ घिमिरेले अनलाइनखबरसँग भने, ‘अर्कोले पनि ढोका थुनेपछि के गर्ने?’ पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला […]

सम्बन्धित सामग्री

पार्टी भित्रको कलहले परिणाम गम्भीर देखिनेछ: गुरुराज घिमिरे

बिहीबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए।

चर्चामा मोरङको चार नम्बर क्षेत्र

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार सिफारिस गरिरहेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मोरङले पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार प्रदेश समिति समक्ष सिफारिस गरिसकेको छ। योबीचमा जिल्लाका अन्य क्षेत्रभन्दा क्षेत्र नम्बर ४ को चर्चा चुलिएको छ। जिल्लाका ६ वटा क्षेत्रमध्ये क्षेत्र नं. ४ बाट सबैभन्दा धेरै आकाङ्क्षी देखिएका छन्। केन्द्र तथा जिल्लामा प्रभाव राख्ने पाँच जना नेताको नाम एउटै क्षेत्रबाट सिफारिस भएपछि कांग्रेस वृत्तमा क्षेत्रको चर्चा चुलिएको हो। केन्द्रीय सदस्य अमृत अर्याल, पूर्वमहानगरप्रमुख भीम पराजुली, बौद्विक नेताको छवि बनाउनुभएका महेश आचार्य, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र पूर्वराज्यमन्त्री दीलिप गच्छदारले एकसाथ यही क्षेत्रको दाबी गरेपछि राजनीति रोमाञ्चक मोडमा पुगेको हो।

कांग्रेसले अब कसरी हिँड्ने ? (७ नेताको प्रस्ताव)

कांग्रेस केन्द्रीय समितिमा मंगलबार गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र रामचन्द्र यादवले पेश गरेको प्रतिवेदनको सम्पादीत अंश : एकातिर नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव स्थापित गरिरहँदा पार्टी स्वयंले भने चुनाव जित्न सकेन। पार्टीको विचार, सिद्धान्त, आदर्श र राजनीति जितेर पनि चुनाव किन…