रुकुम पश्चिम - रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो ।
झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन, ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् । ...