अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।  अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान राेकिएकाे हो ।  ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेकाे छ ।