काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता ...