काठमाडौँ। इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएको छ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले आज सोमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएका हुन्।