काठमाण्डाै - आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत् पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
सोमवार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक ...