काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो भएको छ ।
उक्त पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । आईक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई सो पुरस्कार प्रदान गरेका हुन् । हाल बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखारहित बैंकिङ, १२२ एटीमए तथा १ कर्पोरेट कार्यालय गरी १२१ आउटलेटबाट बैंकिङ सेवा दिँदै आएको छ ।