पटेर्वा सुगौलीमा जसपाकी बसन्ती देवी निर्विरोध

जनता समाजवादी पार्टीले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएपछि जसपाले पर्साबाट आफ्नो जितको सुरुवात गरेको जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले जानकारी दिए ।

सम्बन्धित सामग्री

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।  दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहे भने समर्थकमा इन्दीरा देवी […]

क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध

६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् । ‘म अब हाम्रा महिला खेलाडीको हकहितका लागि कुरा उठाउने छु ।महिला खेलाडीको तलब, करार कोटा […]

सपोर्ट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट रिक्त रहेको दुई सञ्चालक पदमध्ये एक पदमा भट्टराई चयन भएकी हुन् ।

उपकार लघुवित्तमा चार सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । फागुन १८ गते बिहीवार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट दुई जना र सर्वसाधारण समूहबाट दुई जना गरी चार सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले दिएको जानकारीअनुसार शान्ती देवी ढकाल, चन्द्रकला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्यात सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

शान्तिश्री परियार र देवी घर्तीसहित यी कलाकारले जिते दोहोरीगीत प्रतिष्ठानको चुनाव

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र […]

पर्यटन क्षेत्रका मजदुरको संस्था कीपमा निर्विरोध नयाँ नेतृत्व

निर्विरोध निर्वाचित सदस्यमा चन्द्र बहादुर जि.टी, नवराज अंगाई, ऋषि प्रसाद नेपाल, डोमा छिरिङ शेर्पा, सुनिल गुरुङ, देवी प्रसाद पन्त, गोबिन्द श्रेष्ठ, मीना शेर्पा, राम कुमार पुरी, पिताम्वर गुरुङ र दिल बहादुर तामाङ छन् छन्।

सिस्वामनरा नगरपालिकामा दलित महिला सदस्य निर्विरोध

सिस्वामनरा नगरपालिकाको वडा नं. ८ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका दलित महिला सदस्य संजोगिया देवी निर्विरोध निर्वाचित भएकी छिन्।

नेपाली काँग्रेसले महोत्तरीमा खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध

महोत्तरी । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।