सपोर्ट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट रिक्त रहेको दुई सञ्चालक पदमध्ये एक पदमा भट्टराई चयन भएकी हुन् ।