डिम्याट खाताको संख्या ३१ लाख, आधाले मात्रै किन भर्छन् आईपीओ ?

२३ फागुन, काठमाडौं । सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ कि गल्लीका चिया पसलहरुमा पनि अहिले ‘आईपीओ’ का विषयमा छलफल हुन्छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् । सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने […]

सम्बन्धित सामग्री

डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी, के हो डिम्याट खाता ? कहाँ खोल्ने ?

काठमाडौं । डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार आइतवारसम्ममा डिम्याट खाताको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ । असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो । यसआधारमा चालू आर्थिक वर्षको आठ महीनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थपिएका छन् ।  यद्यपि कतिपयले भने दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइँदैन । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।  त्यस्तै मेरो शेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ । जसमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो शेयरमा सक्रिय प्रयागकर्ता रहेको सिडिएसीले जनाएको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा विक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरूले आईपीओ भर्नसमेत बैंकमा पुग्नुपर्ने हुन्छ । डिम्याट खाता नभएकाले प्राथमिक शेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । शेयर बजारबारे जति बढी प्रचारप्रसार हुन्छ, त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने जानकार बताउँछन् । विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिकरूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ । प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो । कहाँ खोल्ने डिम्याट खाता ? यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।  धेरैजसोले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट शेयर खरीदविक्री गर्न सकिन्छ ।  त्यस्तै आफ्नोे डिम्याट खातामा कुन-कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

डिम्याट खाता नवीकरण नगरे मेरो शेयर रोक्का

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नवीकरण नगरेका लगानीकर्ताको भदौ १५ गतेदेखि मेरो शेयर रोक्का हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याटको वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने बताएको हो । सीडीएससीका अनुसार लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थाबमोजिम करीब १७ लाख डिम्याट खाता नवीकरण नभएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानले जानकारी दिएका छन् । कतिपय लगानीकर्ताले सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि मेरो शेयर नवीकरण गरेर प्रयोग गरिरहेको भए पनि डिम्याट खाता नवीकरण नगरेको न्यौपानेको भनाइ छ । वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने न्यौपानेले जानकारी दिएका हुन् । खाता रोक्का हुने लगानीकर्ताले धितोपत्र विक्री गर्दा ईडीआईएस हुन नसकी क्लोज आउटमा पर्ने देखिएकाले तत्काल नवीकरण गर्नसमेत न्यौपानेले अनुरोध गरेका छन् । मेरो शेयर नवीकरण गरी धितोपत्र खरीद गर्ने र डिम्याट खाता वर्षौंसम्म पनि नवीकरण नगर्ने लगानीकर्ताका लागि कडाइ गर्न सीडीएससीले मेरो शेयर नै रोक्का गरी आवेदन दिन नपाउने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत घरमै बसेर धितोपत्र खरीद गर्न पाउने सुविधा उपलब्ध गराएको सीडीएससीले डिम्याट नवीकरण गराउन बाध्य पार्नकै लागि मेरो शेयर रोक्का गर्ने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत सहज रूपमा डिम्याट खाता नवीकरण गराउन सकिने व्यवस्था रहेको छ । निक्षेप सदस्यहरूले डिम्याट खाता नवीकरणका लागि १०० रुपैयाँ र मेरो शेयर नवीकरणका लागि ५० रुपैयाँ लिने गरेका छन् । थोरै शुल्कमा लगानीकर्ताले धितोपत्र कारोबारका लागि महत्त्वपूर्ण मानिने यी सफ्टवेयर सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनका धितोपत्रले निरन्तरता पाइरहँदा मेरो शेयर रोक्का हुँदा आईपीओ भर्न समस्या भएर डिम्याट खाता नवीकरण हुनेमा सीडीएससी आशावादी रहेको छ । साउन २५ गतेसम्मको तथ्यांकअनुसार ५८ लाख १७ हजार ५९३ ओटा डिम्याट खाता खोलिएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार यीमध्ये लाखौंको संख्यामा वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेका खातासमेत रहेका छन् । खाली रहेका डिम्याट खाता बन्द गराउने कानूनी व्यवस्था नहुँदा ती खाता निष्क्रिय अवस्थामै गणनामा राख्न बाध्य रहेको गुनासोसमेत न्यौपानेले गरेका छन् । भदौ १५ गतेदेखि डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको मेरो शेयरसमेत रोक्का गर्ने व्यवस्थाले निष्क्रिय खाताहरू रोक्काकै अवस्थामा रहने सम्भावनालाई समेत न्यौपानेले औंल्याएका छन् । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार ४८ लाख ८१ हजार ६६८ जना डिम्याट होल्डरले मात्र मेरो शेयर प्रयोग गरेका छन् । मेरो शेयरका लागि हितग्राही खाता अनिवार्य हुन्छ । मेरो शेयरको तथ्यांकलाई हेर्दा हितग्राही खाता खोलेका ९ लाख ३६ हजारभन्दा बढी लगानीकर्ताले मेरो शेयर प्रयोग गरेका छैनन् । नेपालमा हालको व्यवस्थाअनुसार दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । तर, मेरो शेयर भने एक जनाले एउटा मात्र प्रयोग गर्न पाउछन् । एक व्यक्तिले एक वा एकभन्दा बढी डिम्याट खाता खोलेकाले पनि मेरो शेयरको संख्या डिम्याटको भन्दा कम रहेको सीडीएससीको भनाइ छ ।  धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको डिम्याट खाताको संख्या भने निरन्तर बढ्दो क्रममा नै रहेको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा आव २०७९/८० मा ४ लाख ७३ हजार ९१३ डिम्याट खाता थप भएका छन् । सीडीएससीले दिएको जानकारीअनुसार आव २०७८/७९ को अन्तिममा ५२ लाख ७७ हजार ४३१ रहेको डिम्याट खाता आव २०७९/८० को अन्तिममा ५७ लाख ५१ हजार ३४४ कायम भएको हो । हालसको तथ्यांक हेर्दा यो साउन महीनाको २५ दिनमा मात्र ६६ हजारभन्दा बढी डिम्याट खाता खोलिएको देखिन्छ । साउन २५ गतेसम्मको तथ्यांक :  डिम्याट खाताको संख्या : ५,८१७,५९३  मेरो शेयरको संख्या : ४,८८१,६६८  डिम्याट खातामा भएको शेयरको संख्या : ११,०१८,००३,८४५ कित्ता

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का रहने

काठमाडौँ- सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो शेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा […]

म्युचुअल फन्डका लागि छुट्ट्याइएको आईपीओमा कोटा खारेजी योजना

पछिल्लो समयमा सेयर बजारमा लगानीकर्ताहरूको संख्या दिनहुँ बढिरहेका् छन् । खासगरी प्राथमिक बजारका यानि आईपीओ सेयर खरिद आवेदन दिने लगानीकर्ताहरू ह्वात्तै बढेका छन् । प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्या २४ लाख नाघिसकेको छ भने डिम्याट खाता खोल्नेहरूको संख्या पनि दिनहुँ बढिरहेको छ । डिम्याट खाता खोल्नेहरू बढिरहे तापनि धेरैजसो लगानीकर्ता प्राथमिक सेयर बजारमा नै […]

शेयर बजारमा सर्वसाधारणको आकर्षण :  ५२ लाख पुग्न लाग्यो डिम्याट खाता

जेठ २१, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।  सिडिएस क्लियरिङका अनुसार शुक्रवारसम्ममा ५१ लाख ९४ हजार ९४१ डिम्याट खाता पुगेकोे छ ।  पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा उक्त अवधिसम्ममा करीब ५२ लाख पुग्न लागेको हो ।  केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ । डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४३ लाख ९ हजार १८० पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेको पाइएको छ । अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या बढिरहेको छ । त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै  प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।  यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।   हाल ८ ओटा कम्पनीको  प्राथमिक शेयर तथा ऋणपत्र  सार्वजनिक  निष्कासनमा रहेको छ ।

शेयर बजारमा सर्वसाधारणको आकर्षण : ५० लाखभन्दा बढी पुगे डिम्याट खाता

फागुन १७, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।  सिडिएस क्लियरिङका अनुसार सोमवारसम्ममा ५० लाख ७ हजार २४२ डिम्याट खाता पुगेकोे छ ।  पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा फागुन १६ गते सम्ममा ५० लाख नाघेको हो ।  केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ ।  डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेका हुन्  । अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या ह्वात्तै बढिरहेको छ । त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै  प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो । पछिल्लो समय नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले  निष्कासन गरेको आईपीओमा २६ लाख आवेदकले आवेदन दिएका छन् । यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सुचिकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।

एनआईसी एशिया बैंकको एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आईपीओको आवेदन दिन सकिने व्यवस्था गरेको छ ।कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकहरुले लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गनै बैंकले एपमार्फत नै विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको हो ।एनआईसी बैंकमार्फत डिम्याट खाता खोलेका र अन्य विभिन्न खाता भएक ग्राहकले सो […]

एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन दिन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।कोभिड– १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंक

आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]