डिम्याट खाता नवीकरण नगरे मेरो शेयर रोक्का

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नवीकरण नगरेका लगानीकर्ताको भदौ १५ गतेदेखि मेरो शेयर रोक्का हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याटको वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने बताएको हो । सीडीएससीका अनुसार लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थाबमोजिम करीब १७ लाख डिम्याट खाता नवीकरण नभएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानले जानकारी दिएका छन् । कतिपय लगानीकर्ताले सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि मेरो शेयर नवीकरण गरेर प्रयोग गरिरहेको भए पनि डिम्याट खाता नवीकरण नगरेको न्यौपानेको भनाइ छ । वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने न्यौपानेले जानकारी दिएका हुन् । खाता रोक्का हुने लगानीकर्ताले धितोपत्र विक्री गर्दा ईडीआईएस हुन नसकी क्लोज आउटमा पर्ने देखिएकाले तत्काल नवीकरण गर्नसमेत न्यौपानेले अनुरोध गरेका छन् । मेरो शेयर नवीकरण गरी धितोपत्र खरीद गर्ने र डिम्याट खाता वर्षौंसम्म पनि नवीकरण नगर्ने लगानीकर्ताका लागि कडाइ गर्न सीडीएससीले मेरो शेयर नै रोक्का गरी आवेदन दिन नपाउने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत घरमै बसेर धितोपत्र खरीद गर्न पाउने सुविधा उपलब्ध गराएको सीडीएससीले डिम्याट नवीकरण गराउन बाध्य पार्नकै लागि मेरो शेयर रोक्का गर्ने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत सहज रूपमा डिम्याट खाता नवीकरण गराउन सकिने व्यवस्था रहेको छ । निक्षेप सदस्यहरूले डिम्याट खाता नवीकरणका लागि १०० रुपैयाँ र मेरो शेयर नवीकरणका लागि ५० रुपैयाँ लिने गरेका छन् । थोरै शुल्कमा लगानीकर्ताले धितोपत्र कारोबारका लागि महत्त्वपूर्ण मानिने यी सफ्टवेयर सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनका धितोपत्रले निरन्तरता पाइरहँदा मेरो शेयर रोक्का हुँदा आईपीओ भर्न समस्या भएर डिम्याट खाता नवीकरण हुनेमा सीडीएससी आशावादी रहेको छ । साउन २५ गतेसम्मको तथ्यांकअनुसार ५८ लाख १७ हजार ५९३ ओटा डिम्याट खाता खोलिएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार यीमध्ये लाखौंको संख्यामा वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेका खातासमेत रहेका छन् । खाली रहेका डिम्याट खाता बन्द गराउने कानूनी व्यवस्था नहुँदा ती खाता निष्क्रिय अवस्थामै गणनामा राख्न बाध्य रहेको गुनासोसमेत न्यौपानेले गरेका छन् । भदौ १५ गतेदेखि डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको मेरो शेयरसमेत रोक्का गर्ने व्यवस्थाले निष्क्रिय खाताहरू रोक्काकै अवस्थामा रहने सम्भावनालाई समेत न्यौपानेले औंल्याएका छन् । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार ४८ लाख ८१ हजार ६६८ जना डिम्याट होल्डरले मात्र मेरो शेयर प्रयोग गरेका छन् । मेरो शेयरका लागि हितग्राही खाता अनिवार्य हुन्छ । मेरो शेयरको तथ्यांकलाई हेर्दा हितग्राही खाता खोलेका ९ लाख ३६ हजारभन्दा बढी लगानीकर्ताले मेरो शेयर प्रयोग गरेका छैनन् । नेपालमा हालको व्यवस्थाअनुसार दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । तर, मेरो शेयर भने एक जनाले एउटा मात्र प्रयोग गर्न पाउछन् । एक व्यक्तिले एक वा एकभन्दा बढी डिम्याट खाता खोलेकाले पनि मेरो शेयरको संख्या डिम्याटको भन्दा कम रहेको सीडीएससीको भनाइ छ ।  धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको डिम्याट खाताको संख्या भने निरन्तर बढ्दो क्रममा नै रहेको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा आव २०७९/८० मा ४ लाख ७३ हजार ९१३ डिम्याट खाता थप भएका छन् । सीडीएससीले दिएको जानकारीअनुसार आव २०७८/७९ को अन्तिममा ५२ लाख ७७ हजार ४३१ रहेको डिम्याट खाता आव २०७९/८० को अन्तिममा ५७ लाख ५१ हजार ३४४ कायम भएको हो । हालसको तथ्यांक हेर्दा यो साउन महीनाको २५ दिनमा मात्र ६६ हजारभन्दा बढी डिम्याट खाता खोलिएको देखिन्छ । साउन २५ गतेसम्मको तथ्यांक :  डिम्याट खाताको संख्या : ५,८१७,५९३  मेरो शेयरको संख्या : ४,८८१,६६८  डिम्याट खातामा भएको शेयरको संख्या : ११,०१८,००३,८४५ कित्ता 

सम्बन्धित सामग्री

तीन लाखसँग अझै दुईभन्दा बढी डिम्याट खाता

सात वर्षदेखि दुईभन्दा बढी डिम्याट खाता खोल्न निरुत्साहित गर्ने भने पनि हालसम्म १० हजार मात्रै खाता बन्द भएका छन्  धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता खोल्न नपाउने गरी करिब सात वर्षअघि...

निष्क्रिय रहेका डिम्याट खाता बन्द गरिंदै

काठमाडौंं । शेयर कारोबारका लागि खोलिएका ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता निष्क्रिय रहेको पाइएपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ती खाता सधैंका लागि बन्द गर्ने भएको छ । एक ब्यक्तिले दुई वटासम्म डिम्याट खाता संचालन गर्न पाउने र ती खाता नवीकरण भएको हुनुपर्ने प्रावधान रहेकाले निष्क्रिय रहेका खाता बन्द गरिने भएको हो । सीडीएससीका […]

डिम्याट खाता खोल्नेको  संख्या ५२ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो ।  त्यस्तै, मेरो सेयर लिनेको संख्या...

अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सिद्धार्थ बैंकको सुविधा

सिद्घार्थ बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बताइएको छ । ग्राहकले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्ने छ । डिम्याट खाता खोलीसकेपछि ग्राहकलाई […]

सिद्धार्थ बैंकको अनलाइन डिम्याट खाता

सिद्धार्थ बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

डिम्याट खाता खोल्नेको उल्लेख्य वृद्धि

आजभन्दा करिब तीन–चार वर्षअगाडिको मात्र तथ्याङ्कलाई हेर्ने हो भने डिम्याट खाता खोल्ने मानिसको संख्या ८–१० लाखको हाराहारीमा मात्र थियो । तर, अहिले आएर डिम्याट खाता खोल्ने मानिसको संख्या ह्वात्तै बढेर ४० लाख ८७ हजारजति पुगेको तथ्याङ्क छ । साधारण अर्थमा भन्दा सेयर खरिद–बिक्री गर्ने वा सेयर जम्मा हुने खाता डिम्याट हो । डिम्याट खाता नखोली […]

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण न

असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने

असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ। निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्।

३५ लाख नेपालीले खोले डिम्याट खाता

काठमाडौं। नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ३५ लाखभन्दा माथि पुगेको छ। सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म ३५ लाख २ हजार ८९६ जनाले डिम्याट खाता खोलेका हुन्। गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको संख्या बढ्दै गएको छ। फलस्वरुपः डिम्याट खाता खोल्नेहरुको संख्या दिनदिनै उकालो लागिरहेको हो।