शेयर बजारमा सर्वसाधारणको आकर्षण : ५० लाखभन्दा बढी पुगे डिम्याट खाता

फागुन १७, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।  सिडिएस क्लियरिङका अनुसार सोमवारसम्ममा ५० लाख ७ हजार २४२ डिम्याट खाता पुगेकोे छ ।  पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा फागुन १६ गते सम्ममा ५० लाख नाघेको हो ।  केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ ।  डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेका हुन्  । अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या ह्वात्तै बढिरहेको छ । त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै  प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो । पछिल्लो समय नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले  निष्कासन गरेको आईपीओमा २६ लाख आवेदकले आवेदन दिएका छन् । यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सुचिकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।    

सम्बन्धित सामग्री

शेयर बजारमा सर्वसाधारणको आकर्षण :  ५२ लाख पुग्न लाग्यो डिम्याट खाता

जेठ २१, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।  सिडिएस क्लियरिङका अनुसार शुक्रवारसम्ममा ५१ लाख ९४ हजार ९४१ डिम्याट खाता पुगेकोे छ ।  पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा उक्त अवधिसम्ममा करीब ५२ लाख पुग्न लागेको हो ।  केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ । डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४३ लाख ९ हजार १८० पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेको पाइएको छ । अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या बढिरहेको छ । त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै  प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।  यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।   हाल ८ ओटा कम्पनीको  प्राथमिक शेयर तथा ऋणपत्र  सार्वजनिक  निष्कासनमा रहेको छ ।

डिम्याट खाताको संख्या ५१ लाख ९४ हजारभन्दा बढी पुग्यो

जेठ ८, काठमाडौं । सिडिएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेका छन् ।  पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता संख्या बढेको हो । केही समय अगाडि कम्पनीहरुले पनि आईपीओ बाँडफाँट गरेको एक महीनापछि शेयर सूचीकृत गराउथे भने अहिले आईपीओ बाँडफाँट भएको एक हप्तामै शेयर कारोबार हुन थालेको छ । यसले गर्दापनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।  नेपाली धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि डिम्याट खाताको संख्या ह्वात्तै बढेको देखिन्छ । उसोत प्रथामिक बजारबाट थोरै लगानी गरेर छोटो सयममा राम्रो प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।  यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दो देखिन्छ ।

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ?

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार ३८ लाख ९३ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै...

नेपालमा डिम्याट प्रयोगकर्ता ३५ लाख नाघे : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या साढे ३५ लाख २८ हजार पुगेको छ । पछिल्लो समय सर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दै जाँदा डिम्याट खाता - डिम्याट खाता

डिम्याट प्रयोगकर्ता ३५ लाख नाघे : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या साढे ३५ लाख २८ हजार पुगेको छ । पछिल्लो समय सर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको -

पुँजीबजारमा बढ्दै बेथिति र नियामक निकायको मौनता

पुँजीबजारमा पछिल्लो समयमा आमनागरिकको आकर्षण र चासो बढिरहेको देखिन्छ । सडकदेखि सदनसम्म र चिया गफमा पनि सेयर बजारकै चर्चा हुने गरेको छ । त्यसो त सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरूको उल्लेख्य रूपमा प्रवेश भइरहेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरू नै ३० लाखभन्दा बढी भइसकेका छन् भने प्राथमिक सेयरका लगानीकर्ताहरू पनि १८ लाखभन्दा बढी भइसकेका […]

आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार नाघ्यो, सेयर बजारमा आकर्षण

सर्वसाधारणबीच सेयर बजारमा देखिएको आकर्षणसँगै अहिले डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । खासगरी निफ्राको साधारण सेयर पछि सर्वसाधारणबीच बजारमा सेयर भर्नेको चाप ह्वात्तै बढेको हो ।सयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ...

सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]