चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ । त्यसक्रममा दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन दुवै पक्ष प्रतिवद्ध रहेको बताइएको छ ।अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । ‘लिउ जियनचाओले चीनका लागि नेपाल अत्यन्त नजिकको मित्