दूरसञ्चारमा भ्वाइस सेवाको भविष्य सकियो, डाटासेन्टिभ नभए टेलिकमको भविष्य पनि संकटमा !

काठमाडौं । दूरसञ्चार सेवामा भ्वाइस सेवाको भविष्य नभएकोले अब डाटा सेन्टिभ मोडलमै जानुपर्ने विज्ञहरुले बताएका छन् । दुरसञचारको क्षेत्रमा लामो अनुभव बोकेका प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल भ्वाईस सेन्टिक बिजनेस मोडल पुरानो भइसकेकोले अव नयाँ तरिकाले जानुपर्ने बताउँछन् । 'नेपालको दूरसञ्चार क्षेत्र अहिलेसम्म भ्वाइस सेन्टिभ बिजनेश मोडलमा चलेको थियो । अव भने यसको भविष्य सकियो । आगामी दिनमा डाटा सेन्टिभ मोडलमा नगए नेपालका दूरसञ्चार कम्पनीहरुको भविष्य पनि संकटमा पर्ने देखिन्छ ।' उनले भने । विश्व बजार डाटासेन्टिभ बिजनेस मोडलमा गइसकेकोले नेपाल पनि त्यस तर्फ लाग्नु पर्ने उनको भनाई छ ।  अहिले मानिसहरु अत्यावश्यक नभइ टेलिकम कम्पनीको भ्वाइस सेवा लिदैनन् । नेपाली दूरसञ्चार कम्पनीहरुको डाटा शुल्क महँगो छ । आईएसपीहरुको इन्टरनेट उपलब्ध भएसम्म मानिसहरु ह्वाट्सएप, भाइबर, मेसेन्जर लगायतका वैकल्पिक भ्वाइस सेवा लिइरहेका छन् । नेपाली सेवा प्रदायकले डाटा सेन्टिभ मोडलमा जान ढिलो गरिसकेको पनि खनालको भनाई छ । भ्वाईसको भविष्य छैन, अव फाईभ जी मोडलमै जानुपर्छ' उनले भने । भ्वाइस सेवाको पल्स रेट पनि घटेन दूरसञ्चार कम्पनीहरुको नियामक निकाय दूरसञ्चार प्राधिकरणले  पल्सरेटलाई १ सेकेण्डमा झार्ने बताएपनि अहिले सम्म १० सेकेण्डकै पल्स रेट कायम रहेको छ । २० सेकेण्ड रहेको पल्स रेटलाई दुई वर्ष अघि नै १० सेकेण्ड कायम गरेको प्राधिकरणले त्यसपछि भने थप गृहकार्य गरेको छैन । अपरेटर र नेटवर्कको तयारी नपुगेको तथा सिस्टमको अपग्रेड गर्नुपर्ने भएकाले केहि ढिला भएपनि दुई वर्षभित्र जसरीपनि १ सेकेण्ड पल्सरेट कायम गर्ने प्राधिकरणको दावी थियो ।  प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले हाल पल्सरेट घटाउने सम्बन्धमा कुनैपनि योजना नरहेको बताउँछन् ।  'पल्सरेट घटाउँदै लानुपर्ने हो, हाललाई त्यस्तो कुनै योजना छैन, सेवा प्रदायकले विभिन्न सेवाका शुल्क हामिले निर्धारण गरे बमोजिम छ वा छैनन् भन्ने अध्ययन गर्न मात्रै लागेका छौ ।' उनले भने ।   जति धेरै पल्स रेट, त्यति नै सेवाग्राही मर्कामा पर्छन् । यसअघि प्राधिकरणले पल्स रेटलाई कार्यविधीनै बनाएर घटाउँदै आएको थियो ।  अहिले दूरसञ्चार सेवाप्रदायकले १० सेकण्डलाई एउटा पल्सका रुपमा मानेर सेवाग्राहीलाई सेवा उपलब्ध गराईरहेका छन् । यसको अर्थ कुनै ग्राहकले एक सेकेन्ड कुरा गरेपनि, १० सेकेन्ड कुरा गरेपनि १० सेकेन्डकै पैसा तिर्दै आएका छन् ।  हाल नेपालका दूरसञ्चार सेवा प्रदायकको लागि निर्धारण गरिएको पल्स रेट एसियाकै अन्य मुलुक भन्दा बढि हो । एक एक सेकेण्को महत्व रहने दूरसञ्चार सेवामा १० सेकेण्ड कायम हुँदा सेवाग्राही मर्कामा परेका छन् । हाल ल्याण्डलाईन बाट कल गर्दा १ मिनेटकै पल्सरेट छ भने अन्तराष्ट्रिय कल गर्दा ३० सेकेन्डको पल्सरेट रहेको छ । भ्वाइस सेवाको भविष्य नै नरहेकोले नेपालका दूरसञ्चार कम्पनीहरु पनि छिट्टै डाटा सेन्टिभ मोडलमा जानु पर्ने र पल्स रेट घटाउने वा बढाउने कुराको कुनै तुक नभएको खनालको भनाई छ । यो पनि पढ्नुस-इन्टरनेट सेवाप्रदायकको स्पिड वृद्धिको प्रचार : राउटर बेच्ने फण्डा  !  चिप उत्पादन गर्ने ताइवानी कम्पनीले ३ महीनामै कमायो १५ अर्ब डलर, खुद नाफा नै ६ अर्ब डलर माथि १० अर्बको सूचना महामार्ग परियोजना : निर्धारितभन्दा दोब्बर समय बित्यो, काम भने आधा मात्रै

सम्बन्धित सामग्री

के नेपाल संकटमा छ ?

हरेक पार्टीका नेताहरु भाषण गर्दा भन्ने गर्छन्– आज देश गम्भीर संकटमा छ । देशलाई संकटबाट बचाउन हामीले गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ । गणतन्त्रवादी हुन् वा राजावादी, दुबै धारका नेताले अहिले भन्ने गरेको सुनिन्छ – देश गम्भीर संकटमा छ । व्यवस्था नै संकट पर्न लागेको छ । सबैले गम्भीर हुनुपर्ने परिस्थिति आएको छ । […]

संकटमा छ ऐतिहासिक पुरैनाताल

कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैनाताल संकटमा पर्दै गएको छ। पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ। तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए। उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व संकटमा परेपछि तालको इतिहास नै हराउने […]

रविको टिप्पणी : व्यवस्था होइन, पुराना दल र तिनको राजनीति संकटमा छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको व्यवस्था संकटमा नरहेको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक दस्तावेजमा उनले पुराना दल र तिनको राजनीति संकटमा रहेको उल्लेख गरेका छन्।‘पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन्।’ लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छ

सोमालियाका ५० लाख नागरिक खाद्य संकटमा

राजनीतिक तथा आर्थिक संकटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य संकटमा परेका बताइएको छ। संयुक्त राष्ट्रसंघका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ। सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए। यहाँ खाद्य संकटमा परेकामध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ। […]

अर्थतन्त्र संकटमा छ भन्ने नबुझेकाले मात्रै हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताए।‘नेपालको अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो। नेपालको अर्थतन्त्र संकटमा होइन। हाम्रो अगाडि केही दबाब र चुनौतिहरु छन् । ती चुनौति र सामना गर्ने उपायहरु खोज्नुपर्छ तर संकटमा छ भन्नु गलत हो।’ उनले भ

संकटमा टाँगा व्यवसाय

काठमाडौं । नेपालगञ्जको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ । केही समय अघि अतिनै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो । प्रविधिको विकास र समय परिवर्तनका कारण मानिसहरुले थप सुविधा र समय बचत गराउन खोज्न थालेपछि टाँगा व्यवसाय बिस्तारै संकटमा परेको हो । करिब १ दशक पहिला टाँगालाई नेपालगञ्जको मुख्य सवारी साधनको […]

चरम आर्थिक संकटमा धुलिखेल अस्पताल

दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।

विराटनगरस्थित भानु कलाकेन्द्रको अस्तित्व संकटमा

कलाको धरोहरका रुपमा रहेको विराटनगर स्थित भानु कलाकेन्द्र संकटमा परेको छ। जग्गा विवादका कारण ६५ वर्ष पुरानो कला साधनाको केन्द्रको अस्तित्व संकटमा परेको हो।...

चरम संकटमा निजी विद्यालय

काठमान्डाैं / कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा... The post चरम संकटमा निजी विद्यालय appeared first on Purbeli News.

चरम संकटमा निजी विद्यालय

कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको