आइतबार र सोमबार संसद बैठक नराख्न एमालेको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो कार्यक्रमको समयमा संसदको बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार र सोमबार विराटनगरमा कार्यक्रम रहेकोले संसद् बैठक नराख्न आग्रह गरिएको बताए ।

सम्बन्धित सामग्री

एमालेको आग्रहमा संसद बैठक एक हप्ता स्थगित

काठमाडौँ- नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ। आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेको थियो। एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ। एमालेको स्थायी कमिटी बैठक जारी […]

फागुन २ गतेको संसद बैठक सार्न सभामुखलाई एमालेको आग्रह

आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए । रातोपाटीसँग कुरा गर्दै सचेतक भट्टराईले भने–‘फागुन २ गते हामीले विराटनगरमा एमाले प्रदेश नंबर १ स्तरीय भेला राखेका छौँ । सो दिन हाम्रा धेरै सांसदहरु विराटनगर जाने भए

फागुन २ गते संसद बैठक नराख्न सभामुखलाई एमालेको आग्रह

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए । करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभ...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आफूले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको नेपाल प्रेसलाई जानकारी दिए । ‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्‍यो […]

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी फागुन २ का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ ।

एमालेको आग्रह– फागुन २ को संसद बैठक स्थगित गरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन दुई गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।  सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २...