आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए । रातोपाटीसँग कुरा गर्दै सचेतक भट्टराईले भने–‘फागुन २ गते हामीले विराटनगरमा एमाले प्रदेश नंबर १ स्तरीय भेला राखेका छौँ । सो दिन हाम्रा धेरै सांसदहरु विराटनगर जाने भए