फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए ।
करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभ...