युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ। ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन्। ‘सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक छ’, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्,‘रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेवार छ, यसका ल