विराटनगर : साइकल यात्री पवनकुमार साहमाथि मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका आयुष भेटवाल धरौटीमा छुटेका छन्।गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा भेटवालले साइकल यात्री साहलाई मुक्का प्रहार गरी ढालेका थिए। उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए।मोरङ जिल्ला अदालतले सोमबार दिएको आदेशबाट विराटनगर ( ४ का १९ वर्षीय भेटवाल धरौटीमा छुटेका हुन्। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई