मुस्कानसहितको प्रहरी सेवा : कार्यकक्षमै सेवाग्राहीमाथि मुक्का प्रहार (भिडियोसहित)

दैलेख : दैलेख प्रहरीमा सेवा लिन आएका एक सेवाग्राही प्रहरीबाटै कुटिएका छन्। नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मीको चार महिनाअघि हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनअनुसार फेला पार्ने मान्छेसहित आइतबार जानकारी गराउन जाँदा जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्र जित सुनारले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन्।पीडित रेग्मीले उपलब्ध गराएको भिडियोमा इन्स्पेक्टर सुनारले प्रहरीले नागरिकलाई दिने मुस्कानसहितको सेवाको बर्खिलाप मुक्का प्रहार गरेको देखिन्छ। रेग्मीले चार मह