रुपन्देही – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ ।
पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताउनुभएकाे छ । प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी पहिरो गएको क्षेत्रमा जानुभएका बेला घटना भएको उपमहानगरपालिकाले...