जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाइमा ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि मुक्का प्रहार गरेको हो ।स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेको भन्दै अतिक्रमण रोक्न माग गर्दै सो समूह आइतबार दिउँसो उपमहानगरका मेयर मनोजकुमार साहलाई ज्ञापनप