काठमडौं । नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फकाइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११ औं शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरि विभागलाई हस्तान्तरण गरिएको छ […]