शाओमीको ‘शाओमी १४’ बजारमा

काठमाडौं। शाओमीले फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १४’ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमसहित रहेको बताइएको छ । शाओमी १४ मा ६ दशमलव ३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर र ९० वाट वायर तथा ५० वाट वायरलेस चार्जिङको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध रहेको बताइएको छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले, ए–ग्रेड क्यामेरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ शाओमी १४ प्रयोगकर्ताका लागि सर्वोत्कृष्ट विकल्प रहने बताए । शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी प्लस ५१२ जिबी भेरियन्टमा उपलब्ध रहेको बताइएको छ । यसको बजार मूल्य ९९ हजार ९९९ राखिएको छ ।