ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार शिविरमा मुटु रोग विशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ […]