काठमाण्डाै - बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएकाे सडक आज दिउँसाेदेखि सञ्चालनमा आएकाे हाे ।
कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेकाे अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गत...