म्याग्दी - कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि हिजाे बेलुकादेखि सञ्चालनमा आएको छ । काभ्रेभिरमा गएको सुक्खा पहिराे र घोप्टे ओडारमा सडक भासिएका कारण गएकाे साेमवारदेखि याे सडक खण्ड अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आएसँगै गाडी ओहोरदोहोर हुन थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । पहिराेले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । अहिले बीच बाटोमा रोकिएका ...