म्याग्दी – पहिरो खसेर गएको बिहीबारदेखि बन्द भएको बेनी–जोमसोम सडक आज सोमवारदेखि फेरि सञ्चालनमा आएको छ । वर्षाले ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक चार दिनपछि सञ्चालनमा आएको हो ।
पहिरो खसेर बेनी–जोमसोम सडक खण्ड अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको ढुङ्गाखानी, रुप्से छहरालगायत ठाउँमा सडक बन्द भएको थियो । सडकमा पहिरो खसेर पु¥याएको अवरोधलाई हटाएपछि बेनी–जोमसोम सडक फेरि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलेसँगै बीच ब...