म्याग्दी – वर्षाका कारण पहिरो खसेर गएकाे सोमवारदेखि बन्द भएको बेनी–जोमसोम सडक खण्ड आज बुधवारदेखि खुलेको छ । सडकभन्दा माथिबाट ढुङ्गा, माटो, गेगर र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक पहिरोको अवरोध हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
उत्तरी म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न चार ठाउँमा पहिरो खसेर तथा खोलामा आएको बाढीले सडक बन्द भएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण गाउँपालिका...