ओलीसँग वार्ता विफल भएपछि प्रदेश २ तिर लागे माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ । नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो ।&nbs

सम्बन्धित सामग्री

काे हुन् एमाले सचिवमा प्रदेश २ का २ आकांक्षी?

जकपुरधाम – नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी नेताहरु उम्मेदवारी दिने तयारीमा छन्। महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। तर प्रदेश २ का नेताहरु खुलेर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे बोल्न चाहिरहेका छैनन्। माधव नेपाल समूह एमालेबाट अलग्गिएर नयाँ दल खोलेपछि एमालेमा बढी गुट उपगुट देखिएको छैन। एमालेको महाधिवेशनमा माओवादी पृष्ठभूमिबाट आएका नेताहरुसमेत पार्टी अध्यक्ष […]

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

जनकपुरधामः नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २  संसदीय दलको नेतामा शत्रु धन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिए। नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत…

प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको पार्टी सहभागी हुने निश्चित

प्रदेश २ मा चौथो ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) त्यहाँको सरकारमा सहभागी हुने भएको छ ।हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी रहेकोमा माधव कुमार नेपाल नेतृत्वको समाजवादी पनि सहभागी हुने भएको हो । नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद मञ्जु यादवले सनाखतको कार्य सकिएको बताउँदै प्रदेश २ मा पार्टीको ‘पोजिसन’ राम्रो रहेको बताइन् ।  उनले पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने बताइन् ।‘अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ को सरका

संसद विघटनविरुद्ध जसपाको यादव पक्षद्वारा प्रदेश २ मा आन्दोलन घोषणा

१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]

प्रदेश २ मा नेपाल समूहले संसदीय दलको नेतामा शत्रुधन महतोलाई गर्‍यो चयन

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेको माधव नेपाल समूहले छुट्टै संसदीय दलको नेता चयन गरेको छ। नेपाल पक्षको आइतवार बसेको बैठकले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो। आइतवार जनकपुरधामस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले महतोलाई दलको नेतामा…

प्रदेश २ : दिनभरिमा ६१ जना पक्राउ, सिरहामा पक्राउ परेका अझै प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : नेकपाको प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा निस्केका प्रदेश २ का ५ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। बन्द गराउन हिँडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८…

प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा प्रचण्ड-नेपाल समूहका शत्रुधन महतो चयन

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका शत्रुधन महतो चयन भएका छन्। नेकपा राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रचण्ड-नेपाल समूहले ओली समूहका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाई आफ्ना समूहका महतोलाई दलका नेतामा चयन गरेका हुन्। पार्टीको विधान अनुरुप पछिल्लो…