जेठ ६ गते बिहीवारको हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
निर्वाचन आयोगको मंगलवारको निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गत...