राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ ।
मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।