राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् । बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता