सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

सम्बन्धित सामग्री

सीइआरएफद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

काठमाडौं– संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ) ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कराेड सहयोग ३२ लाख अमेरिकी डलर प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।  ‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), […]

बाढी पीडितलाई नगद सहयोग

झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ । सहयोग रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई वितरण गर्न शुरूआत गरेको छ । डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए । ...

इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

सिन्धुपाल्चोक, १३ असोज । इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो । छिमेकी पालिकामा विपद् पर्दा थोरै भए […]

सिन्धुपाल्चोकका बाढी प्रभावित ३ ओटा स्थानीय तहलाई ६६ लाख ८९ हजार सहयोग

साउन ११, सिन्धुपाल्चोकको बाढी प्रभावित ३ ओटा स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ सहयोग गरिएको छ । गएको असार १ गतेको हेलम्बु–मेलम्ची पहिरोबाट प्रभावित मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई सो रकम प्रदान गरिएको छ । सोमवार नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेश कमिटिले बाढी प्रभावित क्षेत्रका लागि राहत रकम उपलब्ध गराएको हो ।  बाढीबाट सर्वाधिक क्षति बेहोरेको हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैयाँ, मेलम्ची नगरपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २० लाख २९ हजार ९९९ रुपैयाँ प्रदान गरिएको वाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिए । माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहबाट सहयोग संकलन गरेर हस्तान्तरण गरिएको दुलालले बताए । वाग्मती प्रदेशभरीबाट संकलित रकम ३ ओटै स्थानीय तहलाई उपलब्ध गराइएको हो ।  माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई सहयोग रकम हस्तान्तरण पत्र प्रदान गरेका थिए । त्यस्तै, हेलम्बु गाउँपालिका अध्यक्षको उपस्थिति हुन नसकेपछि गाउँपालिका प्रतिनिधिलाई रकम हस्तान्तरण पत्र प्रदान गरिएको थियो ।  मेलम्ची नगरपालिकाको कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अझै अन्य सहयोग गर्नका लागि आफूहरु तयार रहेको बताए । ‘मेलम्ची तथा हेलम्बुका बाढी पीडितको दैनिकी सहजीकरणका लागि हामीले माथिल्लो निकायमा अनुरोध गरेका छौं’, दाहालले भने ‘अर्थ मन्त्रालयमा हामीले बेलिब्रिज निर्माणको लागि अनुरोध ग¥यौं ।  अब तत्काल मेलम्ची र हेलम्बुका दुई स्थानमा पुल निर्माण शुरु हुन्छ ।’ उनका अनुसार बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले काम अघि बढाइसकेको छ । सहयोग ग्रहण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले माओवादी केन्द्रको सहयोगबाट बाढी पीडितको उद्दार तथा पुर्नस्थापनाका लागि महत्वपूर्ण सहयोग मिलेको बताए । ‘हामीलाई यहाँहरुले गर्नुभएको सहयोगले धेरथोर भएपनि राहत महसुस भएको छ’, अर्यालले भने ‘यसरी हामीलाई यो संकटमा सहयोग गर्नुभएकोमा हाम्रो पालिका आभार व्यक्त गर्दछ ।’ सहयोग हस्तान्तरण कार्य पूर्वसांसद तथा माओवादी नेता हितमान शाक्य, हितबहादुर तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, मेलम्ची खानेपानीका बोर्ड सदस्य चन्द्रबहादुर थापा लगायतको उपस्थिति थियो ।

माओवादीले दियो बाढी प्रभावित तीन स्थानीय तहलाई करिब ६७ लाख रुपैयाँ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हेलम्बु र मेलम्ची प्रत्येकलाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङपाललाई २० लाख २९ हजार ९९९ रुपैयाँ दिएको हो। प्रदेशभित्र पार्टीले नेतृत्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरुको सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार संकलन गरी पठाउनुभएको हो । सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर […]

मेलम्चीलगायत बाढीपीडितलाई काभ्रेका तीन नगरपालिकाको सहयोग

काभ्रे : काभ्रेका तीन नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीलगायत बाढी पीडितका लागि आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाका पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले बाढी पीडितका लागि राहतस्वरुप २२ लाख ५१ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। नगरपालिकाले उक्त रकम सिन्धुपल्चोकका बाढी प्रभावित क्षेत्रका स्थानीय तहमार्फत सहयोग गरेका थिए। जसमा पनौती नगरपालिकाले १० लाख, नमोबुद्धले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र मण्डनदेउपुर नपाले ९ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन

बाढी प्रभावित विद्यालयलाई ९ लाख सहयोग

झापा: अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीहरूको संस्था नेपाली समाज टेक्सासले झापाको बाढी प्रभावित एक विद्यालयको भवन निर्माणका लागि नौ लाख रूपैयाँ सहयोग गरेको छ। बाढी प्रभावित क्षेत्रका लागि त्यहाँ कार्यरत नेपालीबाट संकलित रकम झापा गाउँपालिका- ६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि भन्दै स...