झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ ।
सहयोग रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई वितरण गर्न शुरूआत गरेको छ ।
डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए ।
...