सीइआरएफद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

काठमाडौं– संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ) ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कराेड सहयोग ३२ लाख अमेरिकी डलर प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।  ‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावितलाई ४० करोड सहयोग

काठमाडौं । संयुक्त राष्ट्रसंघको केन्द्रीय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ)ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कारेड सहयोग ३२ लाख अमेरिकी डलर (करिब ४० करोड रुपैया) प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । ‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू–विश्व […]

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।

काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्चका लागि दिइने […]