जसरी नीतिबिनाको नेताको कुनै अर्थ हुँदैन, उसैगरी नीति र कार्यक्रमबिनाको विश्वविद्यालयको कुनै अस्तित्व हुँदैन । केवल बजेट पास गर्ने तर नीति र कार्यक्रमको एजेन्डा नै रोक्ने त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेपकारी शैली र प्रवृत्ति खेदजनक छ । विश्वविद्यालय भनेका प्राज्ञिक थलो हुन् ।