२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् । विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ । बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा […]