आज विन्डोज - ११ सार्वजनिक गर्ने तयारीमा माइक्रोसफ्ट

असार १०, सन फ्रान्सिस्को (अमेरिका) । माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विण्डोज- ११ को घोषणा बिहीवार गर्दैछ । कम्पनीले भर्चुअल कन्फ्रेन्सबाट पीसी प्रयोगकर्ताका लागि विण्डोजको नयाँ भर्सन घोषणा गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार बेलुकी ८ : ४५ बाट  विण्डोज इभेन्ट शरू हुनेछ । विन्डोजको यो नयाँ भर्सनलाई कम्पनीले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् । कम्पनीका  प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष सत्य नाडेला र चिफ प्रडक्ट अफिसर पानोस पानायले उक्त इभेन्ट होस्ट गर्नेछन् । उसले विन्डोज - १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज- ११ को अपडेट प्राप्त हुने पनि बताएको छ । आगामी अक्टोबरदेखि बजारमा आउने यो संस्करण सार्वजनिक गर्नेगरी कम्पनीले काम गरिरहेको बताइएको छ । विण्डोजको नयाँ संस्करणको युजर इन्टरफेसमा धेरै परिवर्तन हुनुका साथै अन्य आधुनिक फिचरहरु पनि थप गरिएको बताइएको छ । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा यो परियोजना अगाडि बढाएको छ । हालै लिक भएको नयाँ फिचरअनुसार विण्डोज- ११ मा सुधारिएको स्टार्ट मेन्यु र टास्कबार, नयाँ एनिमेसन, आइकन, साउन्डका साथै परिस्कृत एप डिजाइन पनि रहेको छ । कम्पनीले सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको छ । नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु भने लिक भइसकेको छ । एजेन्सी

सम्बन्धित सामग्री

हरेक कम्प्युटरसम्म कसरी पुग्यो विन्डोज ? यस्तो छ विन्डोज ११ सम्मको यात्रा

कम्प्युटर चलाउनेहरुका लागि विन्डोज कुनै नयाँ शब्द होइन । माइक्रोसफ्ट कम्पनीको ग्राफिकल अपरेटिङ सिस्टम विन्डोजले कम्प्युटर अपरेटिङ सिस्टमको बजारमा करीब ७५ प्रतिशत हिस्सा ओगटेको छ । ३७ वर्षअघि सन् १९८५ नोभेम्बर १० मा पहिलोपटक माइक्रोसफ्टले कम्प्युटरका लागि पहिलो विन्डोज अपरेटिङ सिस्टम ल्याएकोमा सबैभन्दा पछिल्लोपटक सन् २०२१ को जुन महिनामा सबैभन्दा पछिल्लो संस्करणको रुपमा विन्डोज ११ […]

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ । अहिलेसम्म यसले मनिटरमा रहेको कुराको स्नापसट लिएर क्लिपबोर्डमा पठाउने गर्दछ । तर अब विन्डोज ११ मा प्रिन्ट सक्रीनले स्क्रीनको स्नापसटमात्रै नलिएर अझै धेरै फिचर भएको र स्क्रीनसट लिने फिचरको परिमार्जित टूल स्नीपिङ टूललाई खोलिदिने गर्दछ । स्नीपिङ टूलले प्रयोगकर्ताहरुलाई स्क्रीनको कुनै एक...

विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु पनि चल्न छाड्ने छन् । कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने जनाइएको छ । कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका लागि सुझाव दिनेछ । विन्डोज ११ मा अपडेट हुन...

सन् २०२३  देखि विन्डोज ८.१ को सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्ने भएको छ । जनवरी १० २०२३ मा विन्डोज ८.१ चल्न छोड्नेछ । त्यस्तै विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु प्नि चल्न छाड्नेछन् । कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने भएको छ । कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका...

तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

काठमाडौं । माइक्रोसफ्ट कम्पनीको बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम अन्ततः आम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ । विश्वका दोश्रो मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टका लागि विन्डोज ११ को सार्वजनिकीकरण कोशेढुंगाको रुपमा रहेको छ किनकी कम्पनीको कूल आम्दानीको १४ प्रतिशत विन्डोज […]

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसार अब हरकसैले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट पासवर्ड हटाएर साइन इन गर्ने अरु प्रक्रिया प्रयोग गर्न सक्नेछन् । पासवर्ड सम्झिनु र पासवर्ड म्यानेजर प्रयोग गर्नु भन्दा माइक्रोसफ्ट अथेन्टिकेटर एप, विन्डोज हेल्लो, सेक्युरिटी की वा एसएसएमएस वा ईमेल कोड प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले...

इजरायली समूहले विन्डोज ह्याक गर्ने प्रविधि विक्री गर्यो: माइक्रोसफ्ट

एजेन्सी। एक इजरायली समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि विक्री गरेको माइक्रोसफ्ट तथा मानव अधिकारवादी समूह सिटीजन्स ल्याबले बताएका छन्। क्यान्डिरु नामको समूहले भेन्दुर नामको ह्याकिङ प्रविधि बनाएर बेचेको आरोप माइक्रोसफ्ट र सिटीजन्सले लगाएको छ। कम्पनीले क्यान्डिरुसँग सम्पर्क गर्ने प्रयास गर्दा असफल भएको बताएको छ। मंगलबार मात्रै माइक्रोसफ्टले विन्डोज ह्याक हुने खतरा बढेकाले नयाँ अपडेट गर्न आग्रह गरेको छ।

के माइक्रोसफ्टले बन्द गर्दैछ स्काइपी ? विन्डोज ११ बाट किन हटाइयो ?

माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । नयाँ अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आफ्नो भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स डिफल्ट रहेको छ । तर त्यस्तै खालको अर्को फिचर स्काइपी चाहिँ पहिलोपटक माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा राखेको छैन । माइक्रोसफ्टको यो कदमले के संकेत गर्दछ भने अब माइक्रोसफ्ट टिम्स कम्पनीको छनोट(फेबराइट चाइल्ड) बनेको छ […]

माइक्रोसफ्टले सार्वजनिक गर्यो ‘विन्डोज ११’

एजेन्सी। प्रविधि कम्पनी माइक्रोसफ्टले ‘विन्डोज ११’ सार्वजनिक गरेको छ। सात वर्ष पुरानो विन्डोज १०लाई विस्थापित गर्दै माइक्रोसफ्टले अपडेटेड भर्जन सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विन्डोज १० बाट ११मा निःशूल्क रुपमा अपडेट गर्न सकिन्छ। विन्डोज ११ अपडेट गरेपछि डेक्सटपमै ५ लाखभन्दा बढी एपहरु चलाउन मिल्ने बताइएको छ। माइक्रोसफ्ट अमेरिकी प्रविधि कम्पनी हो।