‘आज कति दिन हो अनसनको?’ ट्याक्सी चालकले सोधे। ‘२० दिन।’ ‘आम्मामा, २० दिन भइसक्यो, अहिलेसम्म के हेरेर बसेको छ सरकार?’ १५ वर्षदेखि राजधानीमा ट्याक्सी चलाइरहेका उनले भने। डा. गोविन्द केसीले थालेको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको जुलुसलाई चासो र उत्सुकतासाथ नियालिरहेका झापाका ती ट्याक्सी चालकलाई आन्दोलनका अन्तरकुन्तर थाहा छैन। उनलाई ती सबै बुझ्ने…