इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं– प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।  मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो । मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका […]

सम्बन्धित सामग्री

बालकुमारीमा मारिएका शाहका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

कोरियन भाषा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका वीरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कोरियामा बसोबास...

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव ल्याउन सहयोग गर्ने सरकारकाे निर्णय

काठमाण्डाै - सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएकाे छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार आज सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्ताे जानकारी गराउनु भएकाे हाे ।  यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएकाे उहाँले बताउनु भयाे। सरकारले प...

भूकम्पपीडितलाई आर्थिक सहयोग

डोटी ।  गएको कात्तिक २२ गते डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गरिएको छ । प्रवासी नेपाली सचेतना समाज भारतले प्रतिमृतक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको हो । प्रवासी नेपाली सचेतना समाज भारतले पठाएको रकम मृतक ६ जनाका आफन्तलाई ६० हजार रुपियाँ हस्तान्तरण गरेको पूर्वीचौकीका स्थानीयवासी तथा […]

कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही ...

यूएईमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मधेशी एकता समाजकाे आर्थिक सहयाेग

काठमाण्डाै – वैदेशिक राेजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाएका याेगेन्द्र भेडिहरकाे परिवारलाई मधेशी एकता समाजले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजको नेपाल इकाइकी अध्यक्ष डा. बबीसिंह यादवले फागुन ११ गते आज बुधवार धनुषाकाे सबैला नगरपालिका १२ रघुनाथपुरमा रहेकाे मृतक भेडिहरको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।  अध्यक्ष डा. यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजार रुपैयाँको चेक र १० हजार रुपैयाँ नगद हस्तान्तरण भयो । मृतकका श्रीमती र नौ महिनाकी छ...

पत्रकार विश्वकर्माको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग प्रदान गरेको हो ।आइतबार दिउँसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई जोरायल गाउँपालिकाको सहयोग

डोटी : जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सात हजार रुपैयाँ नगद…

पहिरोमा ज्यान गुमाएका सात परिवारलाई आर्थिक सहयोग

तनहुँ – पहिरोमा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो। पहिरोमा मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। व्यास […]

साइप्रसमा ज्यान गुमाएका रोशनको परिवारलाई एकता समाजको सहयोग

पोखरा । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा ज्यान गुमाएका कास्कीका युवा रोशन अधिकारीको परिवारलाई साइप्रस नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ का केशव अधिकारी र पवित्रा अधिकारीकाका २१ बर्षीय छोरा रोशनको गत नोभेम्बर ४ तारिखका दिन साइप्रसमा मृत्यु भएको थियो । एकता समाजले संकलन गरी पठाएको एक लाख ४१ हजार २५० रुपैयाँ सहयोग मृतक रोशन अधिकारीका बुवा आमालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनालले अन्नपूर्ण गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा महासचिव खनाल, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सम्बोधन गर्नुभएको थियो भने मृतकका हजुरआमा तुलसी अधिकारी, वार्ड न.२ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं ३ का सदस्य रामजि पौडेल, अन्नपूर्ण शिक्षा शाखाका बलराम भुजागाईको आतिथ्यता रहेको थियो । राहत वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका–२ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षता र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।