कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही ...

सम्बन्धित सामग्री

कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग

प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर-आइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु. २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।  भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिनुभयो ।