कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव ल्याउन सहयोग गर्ने सरकारकाे निर्णय

काठमाण्डाै - सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएकाे छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार आज सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्ताे जानकारी गराउनु भएकाे हाे ।  यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएकाे उहाँले बताउनु भयाे। सरकारले प...

सम्बन्धित सामग्री

सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका २ जनाकाे शव भेटियाे

साेलुखुम्बु – सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ । यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले ब...

खुम्बुमा लेक लागेर ज्यान गुमाएका विदेशी पर्यटकको शव काठमाडौँ लगियो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर ज्यान गुमाएका एक विदेशी पर्यटकको शव काठमाडौँ लगिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको शव आज हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर शाहका अनुसार उनको शव परीक्षणका लागि काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा […]

न्युयोर्क दुर्घटनामा ज्यान गुमाएका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमी

न्युयोर्कमा भएको दुर्घटनामा ज्यान गुमाएका कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमीमा अभियान सुरु गरिएको छ । २० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमी अभियानमा यो समाचार तयार पार्दासम्म २ हजार डलर संकलन भएको छ । तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । उनको शव मेडिकल परीक्षकको कार्यालयमा रहेको […]

अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेन

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन।...

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा

सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात  लुक्लासम्म ल्याइएको थियो । लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।सगरमाथा आरोहण गरी फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो । आरोहण गरेर फर्किने क्रममा उनीसँगै १० जना शेर्पाहरु रहेका थिए । पोस्टमार्टममार्फत उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जना

सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका आराेहीकाे शव काठमाण्डाै लगियाे

साेलुखुम्बु – सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको शव उद्धार गरी काठमाण्डाै लगिएकाे छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाण्डाै लगिएकाे प्रहरीले जनाएको छ ।     सगरमाथा आरोहणमा जाने क्रममा गएकाे वैशाख २९ गते साँझ ६ः०० बजेकाे समयमा चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।  मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाण्डाै लगिएकाे उहाँक...