‘घण्टी’ र ‘हलो’को एक-एक सिट घट्दा ‘सूर्य’ र ‘रुख’लाई फाइदा [समानुपातिक अपडेट : शुक्रबार राति ११:२०]

देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति ११:२० सम्मको नतिजा अनुसार ५७ लाख भोट गनिसकियो। १ करोड ९ लाख भोट खसेको हिसाबले भोट लगभग आधाभन्दा बढी गनिसकियो। यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा दुई सिट हेरफेर भएको छ। हिजो सबैभन्दा ठूलो परिवर्तन जनता समाजवादी पार्टीको इन्ट्री रहेको… Continue reading

सम्बन्धित सामग्री

भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने

विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै जात्रा हुने गर्दछ। यो वर्ष राति ८ बजे जिब्रो छेड्ने कार्यक्रम तय गरिएको छ।...

दाङमा होटल राति ११ बजेसम्म खोल्न पाइने

दाङ : दाङमा होटल तथा सेवाजन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबारबाट राति ११ बजेसम्म बजार खोल्न दिने भएको छ। जिल्ला यसअघि राति १० बजेसम्म खुल्दै आएका होटल तथा सेवाजन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने भएका हुन्।शुक्रबार प्रशासनले सूचना जारी गर्दै क्लब, डिस्को, डान्स, दोहोरी, रेस्त्राँ, लाउन्ज तथा बारहरू, मदिरा बिक्री वितरण गर्ने पसलहरू (बोतलबन्दी बिक्री हुने मात्र) र होटल, रेस्त्राँ, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसल लगायत यस्तै प्रकृतिका स

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

शुक्रबार राति महिलालाई बलात्कार गर्ने पक्राउ

धनकुटा, २७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले […]

महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् । महामन्त्री शर्मा गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि शुक्रबार अमेरिका जान लागेको जानकारी दिए ।

दिलमाया सुनार मृत्यु प्रकरण : शुक्रबार राति सँगै सुतेको श्रेष्ठले स्वीकारे

काठमाडौं, १३ असार । गायिका दिलमाया सुनारको मृत्यु भएको तीन दिन बितिसक्दा पनि उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । सुनारको मृत्यु, हत्या वा आत्महत्या के बाट भएको हो भन्ने प्रहरीले टुंगो लगाउन सकेको छैन् । यद्यपी सुनारको घाँटीमा निलोडाम देखिएको प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राति […]

आँबुखैरेनी-मुग्लिन सडकमा अब राति पनि यातायात सञ्चालन हुने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।राति यातायात सञ्चालन गर्दा जोखिम हुनेभएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो।

आँबुखैरेनी–मुग्लिन खण्ड : अब राति पनि यातायात सञ्चालन

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार साँझदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा आइतबारदेखि अवरोध हटाइएको हो । राति यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर स

८० प्रतिशत पालिकामा शुक्रबार राति नै मतगणना थालिने, कसरी गरिन्छ गणना?

काठमाडौँ – स्थानीय तह निर्वाचको लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ। मतदानका लागि निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका २१ हजार ९ सय ५५ केन्द्रमा चाहिने सम्पूर्ण सामाग्री पुर्‍याइसकेको छ। निर्वाचन आयोगले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतदान स्थलबाट […]