८० प्रतिशत पालिकामा शुक्रबार राति नै मतगणना थालिने, कसरी गरिन्छ गणना?

काठमाडौँ – स्थानीय तह निर्वाचको लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ। मतदानका लागि निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका २१ हजार ९ सय ५५ केन्द्रमा चाहिने सम्पूर्ण सामाग्री पुर्‍याइसकेको छ। निर्वाचन आयोगले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतदान स्थलबाट […]

सम्बन्धित सामग्री

तनहुँको आठ तहमा मतगणना जारी

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा शनिबारबिहानदेखि मतगणना सुरु भएको हो । बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट,  आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत

एउटा वडामा मतगणना गर्न १२ घण्टा

मुगु, ३१ वैशाख : मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो । तर, […]

विराटनगर महानगरपालिकाको मतगणना सुरु

३१ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार राति बसेकाे सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे थियाे । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो । महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो […]

विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट

३० बैशाख, विराटनगर । विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको भरत लम्सालका अनुसार शनिबार विहानबाट मतगणना सुरु हुनेछ । विराटनगरमा मत ८९ हजार ८९६ मत खसेको छ ।

हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि बिहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।…

हेटौँडाको मतगणना शनिबारदेखि मात्र

हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ । शुक्रबार राति १०:३० बजे बसेको सर्वदलीय बैठकले शनिबार ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो । मुख्य निर्वाचन कार्यालय हेटौँडाले हेटौँडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । हाल मत पेटिका सङ्कलन तथा व्यवस्थापनको काम भइरहे

बुटवलको मतगणना राति १२ बजे सुरु हुने

३० वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना शुक्रबार राति १२ बजे सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने पौडेलको भनाइ छ । बुटवलमा कुल ९० […]

काठमाडौँमा शुक्रबार बेलुकी नै मतगणना गर्ने तयारी, ललितपुरमा भोलिमात्र

काठमाडौँ- सर्वाधिक चासोका साथ प्रतीक्षा गरिएको काठमाडौं महानगरपालिकाको मतगणना शुक्रबार रातिदेखि नै सुरु हुने भएको छ। राति ८ बजेपछि राष्ट्रिय सभागृहमा मतगणना सुरु हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। काठमाडौँमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। अहिले सबै निर्वाचन बुथहरुबाट मतपेटिका राष्ट्रिय सभागृह ल्याइसकिएको छ। काठमाडौँ महानगरमा ३ लाख […]

पाँच सहमहामन्त्रीको मतगणना आज

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आज (शुक्रबार) हुने भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम हिजो (बिहीबार) राति घोषणा भइसकेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो […]