आँबुखैरेनी–मुग्लिन खण्ड : अब राति पनि यातायात सञ्चालन

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार साँझदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा आइतबारदेखि अवरोध हटाइएको हो । राति यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर स

सम्बन्धित सामग्री

आँबुखैरेनी–मुग्लिन खण्ड :  राति पनि सवारी साधन सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर  सानाठूला र हेभी

आँबुखैरेनी सडक खण्ड एकतर्फी सञ्चालन

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिकै सडक शुक्रबार बिहान भासिएपछि अवरुद्ध भएको उक्त खण्ड मर्मत कार्य भइरहेको हुँदा एकतर्फी मात्र यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।