नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ । सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधिमण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा अझैं भन्सार मूल्याङ्कन सन्दर्भ सूची लागू गर्नु अनुपयुक्त रहेको भन्दै नाडाले सो व्यवस्था तत्क