केही दिनअघिको वर्षाका कारण पूर्वी र पश्चिम तराई क्षेत्रमा लगाइएको धानबालीमा ठूलो क्षति पुग्यो । भित्र्याउने बेला भइसकेको बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । सरकारले किसानलाई सान्त्वनाका लागि राहत दिने भनेको छ । कम क्षति पुगेको पहाडी तथा हिमाली भेगका किसान भने विस्तारै धान भित्र्याउन सुरसारमा लागेका छन् । यस्तै काठमाडौंको दक्षिणकालीस्थित फर्पिङ र ललितपुर खोकनाका किसानहरुले धान भित्र्याउन थालेका छन् ।