संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ ।
पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ । विगतको तुलनामा डब्ल्यूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले भोकमरीको समस्या भएका थुप्रै देशका करोडौँ मानिस प्रभावित भएका छन् ।
डब्ल्यूएफपीका कार्यकारी उपनिर्देशक कार्ल स्काउले ८६ देशमध्ये ३८ वटामा विभिन्न सहायता कटौती भएको जानकारी दिनुभएको छ । केही देशमा सहयोग घटाउन...